आइतबार, भदौ २१, २०८३

बिजुली गतिमा विमान समुद्रमा खस्यो र विस्फोट भयो

इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको यात्रुवाहक विमान बेपत्ता भएको छ। विमानमा ६२ जना यात्रु थिए। 
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं– इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडान भरेको यात्रुवाहक विमान बेपत्ता भएको छ। विमानमा ६२ जना यात्रु थिए। 

प्रत्यक्षदर्शीका अनुसार विमान उडेको केही बेरमै ठूलो धमाकाको आवाज सुनिएको थियो। समुद्रमा माछा मार्ने काम गर्ने सोलिहिनले विमान दुर्घटना भएको देखेको बीबीसीलाई बताएका छन्। ‘विमान बिजुलीको गतिमा समुद्रमा खस्यो र पानीमा विस्फोट भयो।’ 

इन्डोनेसियाको नेशनल सर्च एन्ड रेस्क्यु एजेन्सीका एक अधिकारीका अनुसार उनीहरु दुर्घटना भएको यकिन ठाउँ खोजिरहेका छन्। दुर्घटना भएको ठाउँमा समुद्रको गहिराई २० देखि २५ मिटर भएको बताइएको छ। 

फ्लाइट ट्राकिङ वेबसाइट फ्लाइटराडार डटकमका अनुसार उक्त विमान एक मिनेटभन्दा पनि कम समयमै १० हजार फुट तल झरेको थियो। 

उडानका बारेमा थप जानकारी जुटाउने प्रयास भइरहेको श्रीविजया एयरले जनाएको छ। इन्डोनेसियामा कैयौं पुराना विमानले उडान भरिरहेको बताइन्छ। १९८० देखि ९० को दशकका विमान त्यहाँ उडिरहेका छन्।

आज (शनिबार) बेपत्ता भएको विमान २६ वर्ष पुरानो थियो। सुरक्षित उडानको मामलामा इन्डोनेसियाको रेकर्ड राम्रो छैन।  
 

प्रकाशित: Jan 09, 2021| 16:12 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।