आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटन सदर भयो र ओलीले चुनाव गराएनन् भने सडकबाटै हटाइन्छ : देउवा  

संसद् विघटन सदर भयो र ओलीले चुनाव गराएनन् भने सडकबाटै हटाइन्छ : देउवा  

अदालतले संसद् विघटन सदर गर्‍यो र ओलीले निर्वाचन गराएनन् भने सडकबाट ओलीलाई फालिने देवाउको भनाइ छ।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिएको बताएका छन्।

संसद् विघटनको विरोधमा बुढानिलकण्ठमा आयोजित विरोध कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले संसद् विघटनको कदमपछि देश भयानक मोडमा उभिएको बताएका हुन्।

उनले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताए। तर, यसविरुद्ध अदालतमा मुद्दा विचाराधिन रहेकाले संविधानको व्याख्या अदालतले गर्ने बताए। ‘ओलीको कदम संविधानविरुद्धको कदम हो। अदालतमा मुद्दा विचाराधिन छ।

अदालतले जे निर्णय गर्छ, हामीले मान्नुपर्छ,’ उनले भने, ‘अदालतलाई हामीले प्रेसर गर्नु हुँदैन। जुलुसका आधारमा होइन अदालतले विवेकले निर्णय गर्नुपर्छ।’ 

उनले तत्काल वा २ वर्षपछि भए पनि निर्वाचन हुने र त्यसका लागि कांग्रेस तयार हुनुपर्ने बताए। ‘अहिले भए पनि २ वर्षभएपछि निर्वाचन हुन्छ। हामी तयार हुनुपर्छ। सर्वोच्च अदालतभन्दा ठूलो अदालत जनता हुन्,’ उनले भने। 

अदालतले संसद् विघटन सदर गर्‍यो र ओलीले निर्वाचन गराएनन् भने सडकबाट ओलीलाई फालिने देवाउको भनाइ छ।

‘विघटन सदर भयो भने ओलीले निर्वाचन गराउँदैनन् भनेर आशंका व्यक्त हुँदै आएका छन्,’ देउवाले भने, ‘यदि समयमा ओलीले चुनाव गराएनन् भने उनलाई सडकबाटै हटाइनेछ। यो कुरा ओलीले पनि बुझेका होलान्।’ उनले प्रधानमन्त्रीको पार्टी चुनावको प्रचारमा निस्किएका बेला कांग्रेस घरमा बस्न नहुने बताए।

उनले चुनाव भए चुनावमा भाग लिने नभए आन्दोलन गर्न तयारी गर्नुपर्ने बताए।

प्रकाशित: Jan 09, 2021| 09:50 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।