आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डले कु गर्न खोज्दा प्रधानमन्त्री ओलीले असफल पारिदिनुभयो : मन्त्री थापा

प्रचण्डले कु गर्न खोज्दा प्रधानमन्त्री ओलीले असफल पारिदिनुभयो : मन्त्री थापा

खानेपानी मन्त्री मणि थापाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कु गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएको बताएका छन्।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं- खानेपानी मन्त्री मणि थापाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कु गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएको बताएका छन्।

रिपोर्टर्स क्लबको साक्षात्कारमा बोल्दै उनले प्रचण्डमाथि संविधान र लोकतन्त्रमाथि कु गर्न खोजेको आरोप लगाए। दाहालले कु गर्न खोजेपछि प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि प्रतिनिधिसभा बिघटनका लागि कदम चालेको थापाको तर्क छ।

‘प्रचण्डले पार्टी भित्रैबाट प्रधानमन्त्री ओलीमाथि कु गर्न खोज्नुभयो,’ थापाले भने, ‘देशलाई कुको बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओली चुनावको बाटोमा जानुभयो।’ चुनावको विकल्प नभएको भन्दै त्यसविपरित गए प्रतिगमनको बाटोमा देश जाने उनले बताए। नेकपा चुनावको अभियानमा प्रवेश गरिसकेकाले यताउता नहुने थापाको भनाइ थियो। 

नेकपा चुनावी अभियानमा सातैवटा प्रदेशमा सक्रिय भएको बताए। उनले भने, ‘धनगढीमा विशाल जनसभा देखिसक्नुभयो।’ 

उनले प्रचण्डले समकालीन नेताहरुलाई धोका दिँदै आएको आरोप लगाए। उनले भने, ‘प्रधानमन्त्री केपी ओलीलाई पनि प्रचण्डले धोका दिनुभएको छ।’ 

आफ्ना लागि मन्त्री बन्ने ठूलो कुरा नभएको उनको दाबी छ। पार्टीभित्रको झगडाले देश अस्थिरतातर्फ जान खोजेको र यसलाई रोक्न नयाँ म्याण्डेटको आवश्यकता परेको उनको जिकिर छ। प्रतिनिधिसभा बिघटनबारे उनले भने, ‘यो कानूनीभन्दा पनि राजनीतिक निर्णय हो।’ प्रधानमन्त्रीलाई राजनीतिक निर्णय गर्ने अधिकार भएको तर्क उनले गरे।

प्रधानमन्त्रीले जनतासामु नयाँ म्याण्डेट लिएर जान्छु भन्न पाउने बताए। उनले भने, ‘ताजा जनादेशका लागि चुनावमा जानु प्रधानमन्त्रीको अधिकार हो।’ प्रचण्ड र माधव नेपाल सडकमा आउनुलाई लोकतन्त्रको अधिकार भएको बताए। उनले संसद पुनःस्थापना नहुने ठोकुवा गरे। 

सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरिने उनले बताए। अदालतको निर्णय अगाडि प्रतिनिधिसभा बिघटनको निर्णयमाथि अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजिएको बताए।

प्रकाशित: Jan 09, 2021| 09:20 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।