आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘भ्रष्टाचारमा डुबेको सरकारले लाख-करोडको कुरै गर्दैन अर्बको मात्रै हिसाब गर्छ’

‘भ्रष्टाचारमा डुबेको सरकारले लाख-करोडको कुरै गर्दैन अर्बको मात्रै हिसाब गर्छ’

नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश शरण महतले नेपाली जनता कम्युनिस्टसँग वाक्कदिक्क भएको बताएका छन्।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश शरण महतले नेपाली जनता कम्युनिस्टसँग वाक्कदिक्क भएको बताएका छन्।

नुवाकोट क्षेत्र १ (ख) ले गरेको विरोध सभामा बोल्दै सह महामन्त्री डा. महतले ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त बनेको आरोप लगाए। ‘अहिले भ्रष्टाचार यति आकाशिएको छ कि लाख करोडको कुरै छैन, अर्बको मात्रै हिसाब किताब हुन्छ, यतिसम्म कि महामारीका बेला औषधि र उपकरण ल्याउँदासमेत उहाँहरुले कमिसन नखाई काम गर्न सक्नुभएन,’ उनले भने। 

भ्रष्टाचार र व्यथिति व्याप्त भएपछि जनता कम्युनिष्टसँग वाक्कदिक्क भएकाे नेता महतकाे तर्क छ।

नेकपाको आन्तरिक लुछाचुँडीका कारण संविधान र लोकतन्त्रमाथि प्रहार भएको उनले बताए। ‘प्रचण्ड र माधव नेपाललाई सत्ता नभई नहुने, ओलीजीले कुनै हालतमा नछाड्ने। कोभिड महामारीका बेलासमेत उहाँहरुको ध्यान जनताको उपचारमा भन्दा कुर्सीको झगडामा बित्यो,’ नेता महतले भने, ‘उहाँहरुको सत्ता र शक्तिको लुछाचुँडीका कारण संविधान र लोकतन्त्रमाथि ‘कु’ भएको छ, यो सर्वोच्च अदालतले सच्याउनुपर्छ।’ 

नेता महतले भने, ‘कांग्रेसले विरोध गर्दा पनि अहिल्यै विरोध गर्ने बेला भयो र ? भन्थे। तर, अहिले हेर्नुहोस् सरकारले कुन हदसम्म पुगेको छ।’

‘जनता पछुताइरहेका छन्, अहिले संविधान र लोकतन्त्रमाथि नै प्रहार हुन थालेपछि हामीले कांग्रेसलाई नै निर्वाचित गर्नुपर्ने रहेछ भन्ने अनुभूति जनताले गरेका छन्,’ उनले भने, ‘हामी जनताको भरोसालाई तोड्दैनौँ, सर्वोच्च अदालतले के निर्णय गर्छ ? त्यसको आधारमा हामीले आगामी बाटो तयार गर्नुपर्छ।’

उनले सर्वोच्चको फैसला कांग्रेसले स्वीकार गर्ने बताए। 

उनले प्रतिनिधिसभा विनाको राज्य व्यवस्था परिकल्पना नै गर्न नसकिने बताए।

प्रकाशित: Jan 09, 2021| 08:47 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।