आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कैलालीमा अस्थायी प्रहरी बिट नजिकै एक युवतीमाथि जबर्जस्ती करणीको प्रयास

कैलालीमा अस्थायी प्रहरी बिट नजिकै एक युवतीमाथि जबर्जस्ती करणीको प्रयास

कैलालीको गोदावरी नगरपालिका-४, खैरानास्थित अस्थायी प्रहरी बिट नजिकै एक युवतीमाथि जबर्जस्ती करणीको प्रयास भएको छ।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

धनगढी। कैलालीको गोदावरी नगरपालिका-४, खैरानास्थित अस्थायी प्रहरी बिट नजिकै एक युवतीमाथि जबर्जस्ती करणीको प्रयास भएको छ।

सोही वडा बस्ने अन्दाजी २५ वर्षकी एक युवतीमाथि प्रहरी बिट नजिकैको जंगलमा आज बिहान जबर्जस्ती करणीको प्रयास भएको हो ।

पीडित युवतीले अज्ञात व्यक्तिले आफूमाथि जबर्जस्ती गर्न खोजेको भन्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएकी छन्।

‘आज बिहान करिब ७:३० बजे घरदेखि कामको सिलसिलामा अत्तरिया बजार जाँदै गर्दा खैरानादेखि वसन्तपुर क्षेत्रमा पर्ने जंगलभित्र लगी म माथि कालो ज्याकेट, टोपी, मास्क लगाएका एकजना अज्ञात व्यक्तिले जबर्जस्ती गर्न खोज्यो,’ ती युवतीले दिएको उजुरीमा लेखिएको छ,  ‘सोही समयमा ट्याक्टर आएको हुदाँ मेरो ज्यान जोगियो।’ 

आफूमाथि हातपात गर्न खोज्ने युवकको खोज तलास गरी आवश्यक कारबाही गरिदिन भन्दै ती युवतीले प्रहरीलाई आग्रह गरेकी छन्।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले ती अज्ञात व्यक्तिको खोजी भइरहेको बताए।

प्रकाशित: Jan 09, 2021| 05:44 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।