आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंको टोखास्थित एक हाउजिङमा श्रीमान्–श्रीमती मृत फेला

काठमाडौंको टोखास्थित एक हाउजिङमा श्रीमान्–श्रीमती मृत फेला

सुर्खेत स्थायी घर भएका सुदिक्षा गिरी र उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं– काठमाडौंको टोखास्थित एक हाउजिङमा बस्ने श्रीमान्–श्रीमती मृत अवस्थामा भेटिएका छन्। 

सुर्खेत स्थायी घर भएका श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

परिसरका प्रवक्ता प्रमेश विष्टले श्रीमान् बेडरुममा घोप्टो अवस्थामा मृत भेटिएको र श्रीमती झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए।

उमेशको शव नजिकै रगत लागेको सिलौटोसमेत फेला परेको र उनको कानबाट रगत बगेको देखिएकाले सिलौटो प्रहार गरेर हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। 

टोखास्थित ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा उनीहरु बस्दै आएका थिए। 

प्रहरीले घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ। डीएसपी विष्टले अहिले नै के भएको भन्नेबारे आफूहरुले अनुसन्धान गरिरहेकाले वास्तविकता अनुसन्धानपछि मात्रै पत्ता लाग्ने बताए। 

तर, अनुसन्धानमा खटिएका अर्का एक प्रहरी अधिकृतका अनुसार श्रीमतीले पहिले श्रीमानको हत्या गरेको र त्यसपछि आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए। 

उमेश केही दिन अघिमात्रै अमेरिकाबाट फर्किएको बुझिएको छ। दुवैको शव पोष्टमार्टम्का लागि राति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको छ।

प्रकाशित: Jan 09, 2021| 04:40 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।