आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा पुनः एकताका लागि वामदेव गौतमको 'एकता राष्ट्रिय अभियान'

नेकपा पुनः एकताका लागि वामदेव गौतमको 'एकता राष्ट्रिय अभियान'

विभाजनमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताका लागि नेता वामदेव गौतमले ‘एकता राष्ट्रिय अभियान’मा जुट्न अपिल गरेका छन्।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं– विभाजनमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकताका लागि नेता वामदेव गौतमले ‘एकता राष्ट्रिय अभियान’मा जुट्न अपिल गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजकका रुपमा अपिल गर्दै उनले नेता कार्यकर्तालाई ‘तपाईहरु जुन ठाउँमा हुनुहुन्छ त्यहीँ नेकपा एकता अभियानको नाम संगठन खडा गर्नुहोस’ भन्दै अपिल गरेका छन्। 

उनले विभाजनमा ढल्केका नेता, कार्यकर्तालाई सम्झाउन पनि आह्वान गरेका छन्। पार्टीका नेताले पछिल्लो समय प्रयोग गरेको भाषणको भाषाशैलीप्रति इंगित गर्दै भनेका छन्, ‘कुनै पनि समूहका नेता कमरेडहरुले गालीगलौजको शैलीमा विरोध नगर्नुहोस।’ 

उनले घरमा आउने कमरेडहरुलाई आफूसक्दो सहयोग गर्न अपिल गर्दै सबैलाई सम्मान गर्ने र कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउन अनुरोध गरेका छन्। 

कोरोना महामारीका बीचमा गरिएका सभा, भेला र पार्टीका प्रशिक्षणलाई लक्षित गर्दै उनले भनेका छन्, ‘कहिलेकाहीँ कोरोनाबाट बच्न सामाजिक दुरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस, एकताको सन्देश दिने पर्चा, पोष्टर छापेर बाँड्नुहोस।’ 

यसो गर्न सक्यो भने ‘प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ’ भन्ने विश्वास उनले व्यक्त गरेका छन्।  

प्रकाशित: Jan 09, 2021| 04:16 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।