आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरोकारवाला निकाय मूकदर्शक हुँदा दुर्लभ वन्यजन्तुको चोरी शिकार बढ्दो

सरोकारवाला निकाय मूकदर्शक हुँदा दुर्लभ वन्यजन्तुको चोरी शिकार बढ्दो

चोरी निकासी तथा शिकार गर्ने प्रवृत्ति बढे पनि सरोकारवाला निकाय मूकदर्शक हुँदा चोरी निकासी बढेको स्थानीयवासीको आरोप छ। 
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

जाजरकोट- जाजरकोटमा दैनिक दुर्लभ वन्यजन्तुको चोरी, निकासी बढ्दै गएको छ।

चोरी निकासी तथा शिकार गर्ने प्रवृत्ति बढे पनि सरोकारवाला निकाय मूकदर्शक हुँदा चोरी निकासी बढेको स्थानीयवासीको आरोप छ। 

प्रहरीचौकी नजिकै बन्दुकद्वारा भकाभक वन्यजन्तु मर्दासम्म खासै नियन्त्रणतर्फ ध्यान नगएको उनीहरुको आरोप छ। प्रहरी कार्यालयभित्र नै बन्दुक पट्काएको आवाज आउँदा पनि प्रहरीले ध्यान दिँदैनन् बारेकोट गाउँपालिका ४ का काली बस्नेतले बताए।

बारेकोट गाउँपालिकाको जिरीमैना, पारामुल्साम, लुहाग स्याला, कोलल्यानी, सिल्पाचौर, लैखम, नलगाड नगरपालिकाको ऐराडी, नहकुली, गेरेनी, रावतगाउँ, ध्यारगाउँ, रग्दा, भगवती, कुशे गाउँपालिकाको पैक, अछार्नी, भेरी नगरपालिकाको डिङ्गा, तिमीलेलगायत स्थानको उच्च लेक तथा पाटन क्षेत्रमा दैनिक चोरी शिकार भइरहेको वन्यजन्तु संरक्षण अभियान्ता गोविन्द्रबहादुर सिंहको भनाइ छ।

शिकारीले भरुवा बन्दुक, पासो थापेर र शिकारी कुकुरको प्रयोग गरेर जङ्गली जनावर मार्ने गरेका छन्। ‘गाउँमा घरेलु हतियार भरुवा बन्दुक छ्यापछ्याप्ती छन् यसतर्फ कसैको चासो छैन’, सिंहले भने। 

जिल्लाका विभिन्न भेगमा पाइने बँदेल, रतुवा, भालु, घोरल, थार, खरायो, झारल, रेडपान्डा, कस्तुरी, डाँफे, कालिजलगायत जंगली जनावर तथा पक्षीको दिन प्रतिदिन चोरी शिकारी बढेको छ। वन एकाइमा कार्यरत वन प्राविधिक तथा प्रहरीले चोरी शिकारी नियन्त्रणमा ध्यान दिन नसकेको नलगाड ४ का गोविन्द्र वलीले बताए। 

डिभिजन वन कार्यालय जाजरकोटका निमित्त डिभिजन प्रमुख पूर्णबहादुर चन्दले चोरी शिकार नियन्त्रण गर्न डिभिजन वन कार्यालयले काम गरिरहेको बताए। अतिक्रमण, डढेलो, चरिचरनलगायत कारण वन विनाश बढेपछि पनि जङ्गली जनावर तथा पक्षीको वासस्थानसमेत नष्ट हुँदै गएको छ। 
– रासस 

प्रकाशित: Jan 09, 2021| 03:55 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।