आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस ३३० निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै  

कांग्रेस ३३० निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै  

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेको विरोधमा आज (शनिबार) कांग्रेसले देशव्यापी विरोध कार्यक्रम गर्दैछ।  
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरित प्रतिनिधि सभा विघटन गरेको विरोधमा आज (शनिबार) कांग्रेसले देशव्यापी विरोध कार्यक्रम गर्दैछ।  

प्रतिनिधिसभा विघटनविरुद्ध यो कांग्रेसको दोस्रो चरणको आन्दोलन हो।  आज कांग्रेसले ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको हो। पुस १९ गने बसेको पार्टीको केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार विरोध कार्यक्रम हुन लागेको हो। 

प्रतिनिधिसभा विघटनको विरोध कार्यक्रम अन्तर्गत माघ ३ गते ७५३ वटै स्थानीय तह र माघ ८ गते देशका सबै ६ हजार ७४३ वटै वडाहरूमा विरोध प्रदर्शन गर्ने कार्यक्रम कांग्रेसले तय गरेको छ।

गत पुस ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएको थियो। उक्त कदमको देशव्यापी विरोध भइरहेको छ।  

प्रकाशित: Jan 09, 2021| 01:55 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।