आइतबार, वैशाख २८, २०८२

उच्च अदालतको परमादेशपछि छाडा चौपाया हुम्ला पठाइयो 

प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा छाडा अवस्थामा रहेका पशु चौपायालाई हुम्ला पठाइएको छ। 
 |  शनिबार, पुस २५, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

vianetvianet

वीरेन्द्रनगर- प्रदेश राजधानी वीरेन्द्रनगरका सडक तथा बजार क्षेत्रमा छाडा अवस्थामा रहेका पशु चौपायालाई हुम्ला पठाइएको छ। 

triton college

छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न उच्च अदालतले परमादेश जारी गरेपछि वीरेन्द्रनगर नगरपालिकाले पहिलो चरणमा हुम्लास्थित कृषि फर्मलाई पठाएको हो। 

अदालतले बुधबार वीरेन्द्रनगर नगरपालिकालाई छाडा अवस्थामा रहेका पशु चौपाया तत्काल व्यवस्थापन गर्न परमादेश जारी गरेको थियो। नगरपालिकाले बिहीबारसम्म सडकमा छाडिएका पशु चौपाया लैजान सार्वजनिक अपिल गरेको थियो। 

नगरपालिका वातावरण तथा अनुगमन उपशाखा प्रमुख यामलाल गिरीले कोही सम्पर्कमा नआएपछि शुक्रबार १०० पशु चौपाया हुम्लाको खार्पुनाथ गाउँपालिकातर्फ पठाएको जानकारी दिए। 

त्यहाँको कृषि फर्मले गाई तथा गोरु उपलब्ध गराइदिन नगरपालिकासँग लिखित अनुरोध गरेपछि पठाइएको उनको भनाइ छ। उपशाखा प्रमुख गिरीले बाँकी चौपाया क्रमशः मागका आधारमा पठाउने गरी समन्वय भइरहेको बताए। 

National life insurance

वीरेन्द्रनगरका सडकमा करीब ५०० छाडा पशु चौपाया रहेको तथ्यांक छ। छाडा पशु चौपायाका कारण सडकमा दुर्घटनाको जोखिम बढ्नुका साथै सवारीसाधनलाई आउजाउमा समस्या हुने गरेको छ। कानूनले सडकमा छाडा पशु र चौपाया व्यवस्थित गर्ने अधिकार स्थानीय सरकारलाई दिएको छ। 

प्रकाशित: Jan 09, 2021| 01:29 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।