आइतबार, भदौ २१, २०८३

ट्विटरमा ट्रम्पलाई सधैंको लागि प्रतिबन्ध

ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ।
 |  शनिबार, पुस २५, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस २५, २०७७

काठमाडौं– ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्ट सधैंका लागि बन्द गरिदिएको छ। यसअघि उनको एकाउन्ट १२ घण्टाको लागि निलम्बन गरेको ट्विटरले अब सधैंका लागि बन्द गरिदिएको हो।

‘हालैका दिनमा ट्रम्पले गरेका ट्विटको मिहीन समीक्षा र संसद् भवनमा भड्केको हिंसा तथा थप हिंसा भड्किने जोखिमका कारण हामीले राष्ट्रपति ट्रम्पको एकाउन्ट स्थायी रुपमै बन्द गरेका छौं,’ ट्विटरले भनेको छ।

उता फेसबुकले पनि ट्रम्पको खाता अनिश्चितकालका लागि निलम्बन गरेको छ। कम्तीमा पनि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले शपथ ग्रहण नगरेसम्म उनले फेसबुक चलाउन पाउने छैनन्। बाइडेनले यही जनवरी २० तारिखमा शपथ ग्रहण गरेर सत्ता सम्हाल्दैछन्।

राष्ट्रपति ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने बताइसकेका छन्। सन् १८६९ मा अमेरिकाका १७ औं राष्ट्रपति एन्ड्रयू जोनसनपछि ट्रम्प नै आफ्ना उत्तराधिकारीको शपथ ग्रहण समारोहमा सहभागी नहुने पहिलो राष्ट्रपति हुनेछन्।

यसअघि अमेरिकाका प्रत्येक राष्ट्रपति आफ्नो कार्यकाल सकिएपछि नयाँ राष्ट्रपतिको शपथ ग्रहणमा सहभागी हुँदै आएका थिए।

२०१६ मा डोनाल्ड ट्रम्पको शपथ ग्रहण समारोहमा तत्कालीन राष्ट्रपति बाराक ओबामा सहभागी भएका थिए भने २००९ मा ओबामाको शपथ ग्रहणमा रिपब्लिकन पार्टीबाट राष्ट्रपति जर्ज डब्ल्यू बुस सरिक भएका थिए। 
 

प्रकाशित: Jan 09, 2021| 00:30 शनिबार, पुस २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।