आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउनेहरु रिहा भए

‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाउनेहरु रिहा भए

प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेर सम्बोधन गर्ने क्षेत्र धनगढी खुलामञ्चमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका युवाहरुलाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छोडेको छ।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

धनगढी- प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगेर सम्बोधन गर्ने क्षेत्र धनगढी खुलामञ्चमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर पुगेका युवाहरुलाई प्रहरीले ३ घण्टा नियन्त्रणमा राखेर छोडेको छ।

प्रहरीले उनीहरुलाई सभास्थलबाट २ बजे नियन्त्रणमा लिएको थियो। प्रधानमन्त्री ओली काठमाडौं फर्केपछि बेलुका ५ बजे उनीहरुलाई रिहा गरिएको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए।

प्रहरीले यस्तो टिसर्ट लगाएका ७ जना युवालाई पक्राउ गरेको थियो। 

२०७५ सालमा पन्तको बलात्कारपछि हत्या गरिएको थियो। लामो आन्दोलन भए पनि हालसम्म अभियुक्त पक्राउ पर्न सकेको छैन।

प्रकाशित: Jan 08, 2021| 14:51 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।