आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहा गर : देउवा

निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेकालाई रिहा गर : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धनगढीमा पक्राउ परेका व्यक्तिहरुको रिहाइको माग गरेका छन्।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धनगढीमा पक्राउ परेका व्यक्तिहरुको रिहाइको माग गरेका छन्।

शुक्रबार धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएको कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई पक्राउ गर्ने कार्य निन्दनीय भन्दै देउवाले तत्काल रिहाइको माग गरेका हुन्।

देउवाले दोषीलाई कारबाहीको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका नागरिकलाई पक्राउ गर्नु लोकतान्त्रिक मूल्य मान्यता विपरित भएकोसमेत बताएका छन्।

शुक्रबार कैलालीमा प्रहरीले ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएका युवाहरुलाई खोजी खोजी पक्राउ गरेको थियो।

प्रकाशित: Jan 08, 2021| 13:35 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।