आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय आविस्कार केन्द्रलाई प्याब्सन कास्कीको २ लाख सहयोग

राष्ट्रिय आविस्कार केन्द्रलाई प्याब्सन कास्कीको २ लाख सहयोग

राष्ट्रिय आविस्कार केन्द्रलाई निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले नगद २ लाख सहयोग गरेको छ। 
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

पोखरा- राष्ट्रिय आविस्कार केन्द्रलाई निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले नगद २ लाख सहयोग गरेको छ। 

प्याब्सनको ३१ औं वार्षिकोत्सवका अवसरमा कास्की प्याब्सनले सामाजिक उत्तरादायित्व अन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो।

प्याब्सन कास्कीले आयोजना गरेको एक कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले केन्द्रका अध्यक्ष महावीर पुनलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए। 

त्यसैगरी वार्षिकोत्सव कार्यक्रम अन्तर्गत नै प्याब्सन कास्कीले पोखरा महानगर शिक्षा महाशाखालाई १० हजार थान मास्क उपलव्ध गराएको छ। 

कार्यक्रममा कास्कीमा आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेका ६ वटा विद्यालयलाई समेत प्याब्सन कास्कीले सम्मान गरेको छ। सम्मानित हुने विद्यालयहरुमा नेपाल आदर्श आवासीय विद्यालय, ग्लोबल कलेजियट, रेन्बो एकेडेमी, न्यु एरा एकेडेमी, सबलाइम एकेडेमी र लिटिल डेफोडिल छन्। 

प्याब्सनले विभिन्न १० विद्यालयमा २० वर्ष सेवा पूरा गरेका १८ जना शिक्षक तथा कर्मचारीलाई समेत सम्मान गरेको छ।

प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सल्लाहकार डोलराज पाण्डे, हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्मा, नेपाल शिक्षक संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेल, प्याब्सनका द्वितीय उपाध्यक्ष मथुराप्रसाद पौडेल, सचिव विष्णु तिमिल्सिना लगायतले आ–आफ्ना धारणा राखेका थिए।

प्रकाशित: Jan 08, 2021| 13:21 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।