आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसको केन्द्रीय समिति बैठक माघ ६ का लागि सर्‍याे

कांग्रेसको केन्द्रीय समिति बैठक माघ ६ का लागि सर्‍याे

पुस २७ गतेका लागि डाकिएको केन्द्रीय समिति बैठक माघ ६ गतेका लागि सरेको हो।  
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ।  

पुस २७ गतेका लागि डाकिएको केन्द्रीय समिति बैठक माघ ६ गतेका लागि सरेको हो।  

'केन्द्रीय कार्यसमितिको बैठक २०७७ पुस २७ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ माघ ६ गते मंगलबार दिनको १ बजे बस्ने भएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।'

सरकारले पुस ५ गते संसद् विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि रणनीति बनाउन ७ गतेदेखि सुरु भएको बैठक जारी छ।

प्रकाशित: Jan 08, 2021| 11:57 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।