आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'प्रधानमन्त्री ज्यू, उत्ताउलाहरुको प्रदेशमा स्वागत छ !'

'प्रधानमन्त्री ज्यू, उत्ताउलाहरुको प्रदेशमा स्वागत छ !'

धनगढीमा केही युवकहरुले प्रधानमन्त्रीकाे अनौठो तरिकाले स्वागत गरे। उनीहरुको शैली चाँहि विरोध हो कि स्वागत हा छुट्याउन गाह्रो भए पनि उनीहरुले स्वागत नै गरिएको बताएका छन्। 
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

धनगढी- धनगढीमा केही युवकहरुले प्रधानमन्त्रीकाे अनौठो तरिकाले स्वागत गरे। उनीहरुको शैली चाँहि विरोध हो कि स्वागत हा छुट्याउन गाह्रो भए पनि उनीहरुले स्वागत नै गरिएको बताएका छन्। 

शुक्रबार पार्टीकाे सभालाई सम्बाेधन गर्न धनगढी पुगेका प्रधानमन्त्रीको साझा युवा संगठनले कालो बेलुन उडाएर विरोधसहित स्वागत गरेको हो। बेलुनमा ‘प्रधानमन्त्री ज्यू, उत्ताउलाहरुको प्रदेशमा स्वागत छ।’ लेखिएको थियो। 

कोरोना भाइरस संक्रमणको सुरुवाती अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमवासीलाई उत्ताउला भएको र उनीहरुकै कारण नेपालमा कोरोना सर्ने सम्भावना बढेर गएको अभिव्यक्ति दिएका थिए। 

सो अभिव्यक्तिको सुदूरपश्चिममा व्यापक आलोचना भएको थियो।

त्यही सन्दर्भ जोडेर युवाहरुले प्रधानमन्त्रीलाई उत्ताउलाहरुको प्रदेशमा स्वागत छ भन्ने प्लाकार्डसहित स्वागत गरेका हुन्।

No description available.

प्रकाशित: Jan 08, 2021| 11:49 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।