आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी छोडेर जानेको पछि लाग्न सकिंदैन : गौरीशंकर चौधरी 

पार्टी छोडेर जानेको पछि लाग्न सकिंदैन : गौरीशंकर चौधरी 

श्रम तथा रोजगारमन्त्रीसमेत रहेका नेकपा ओली समूहका केन्द्रीय सदस्य गौरीशंकर चौधरीले पार्टी छोडेर जानेको पछि लाग्न नसकिने बताएका छन्। 
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– श्रम तथा रोजगारमन्त्रीसमेत रहेका नेकपा ओली समूहका केन्द्रीय सदस्य गौरीशंकर चौधरीले पार्टी छोडेर जानेको पछि लाग्न नसकिने बताएका छन्। 

पार्टीको प्रदेशस्तरीय सभालाई शुक्रबार धनगढीमा सम्बोधन गर्दै उनले मुल पार्टी छोडेर पुष्पकमल दाहाल र माधव नेपाल समूह अलग भएकाले आफूहरु उनकै पछि लाग्न नसक्ने बताएका हुन्।  

‘पार्टी छोडेर गएकाहरू विरोधका नाममा सडकमा हुनुहुन्छ,’ उनले भने, ‘पहिलो वरीयताको अध्यक्ष भनेकै संस्थापन पक्ष हो। त्यसैले हामी यहीँ बसेका हौं।’

कैलाली क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद् चौधरीले पुष्पकमल दाहाल अवसरवादी भएको बताए। 

पद र प्रतिष्ठा नमिलेकै कारण दाहाल–नेपाल फुटेर गएको उनको भनाइ छ। उनले भने, ‘सानो झुण्ड लिएर सडकमा जाँदैमा समस्याको समाधान हुँदैन।’

प्रकाशित: Jan 08, 2021| 11:22 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।