आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • टीकापुर घटना राजनीतिक हो पुनर्विचार गरियोस् : नारद मुनि

टीकापुर घटना राजनीतिक हो पुनर्विचार गरियोस् : नारद मुनि

नेकपाकाे ओली समूहका केन्द्रीय सदस्य नारद मुनि रानाले कैलालीको टीकापुर घटना राजनीतिक भएकाले पुनर्विचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– नेकपाकाे ओली समूहका केन्द्रीय सदस्य नारद मुनि रानाले कैलालीको टीकापुर घटना राजनीतिक भएकाले पुनर्विचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

धनगढीमा प्रदेशस्तरीय पार्टीको जनसभालाई सम्बोधनका क्रममा विघटित प्रतिनिधिसभा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सांसदसमेत रहेका रानाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस्तो आग्रह गरेका हुन्। 

‘टीकापुर घटना राजनीतिक हो प्रधानमन्त्री ज्यू अन्यायमा परेकालाई न्याय दिनुपर्छ,’ उनले भने, ‘यो जाति विशेषको घटना होइन यसमा पुनर्विचार गरियोस्।’

उनले औपचारिक रुपमा नेकपा विभाजित भइनसकेको बताए। केन्द्रीय सदस्य रानाले ताजा जनादेशमा जाने सरकारको निर्णयको औपचारिक रुपमा सुदूरपश्चिमबाट सुरू भएको भन्दै अब देशैभर अभियान अघि बढ्ने बताए।

उनले ओली नेतृत्वको नेकपालाई जनताले दुई तिहाइको बहुमत दिएर मुलुकको विकासका लागि अघि बढाउनुपर्ने बताए।

प्रकाशित: Jan 08, 2021| 11:16 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।