आइतबार, भदौ २१, २०८३

२४ घण्टामा ५५४ कोरोना संक्रमित थपिए 

पछिल्लो २४ घण्टामा देशभर ५५४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ५५४ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २६९ जनाको पीसीआर परीक्षण भएकोमा ५५४ जनालाई कोरोना पोजेटिभ देखिएको हो। शुक्रबार सक्रिय संक्रमितको संख्या ५ हजार २१ छ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये काठमाडौं उपत्यकाका २०७ जना छन्। योसँगै  कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये २ लाख ५७ हजार २२९ जना निको भएका छन्। 

पछिल्लो २४ घण्टामा ५८५ जनाले कोरोना जिते भने ६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९०९ पुगेको छ । 
 

प्रकाशित: Jan 08, 2021| 10:22 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।