आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वनमन्त्री आलेले भने– शिष्टता नभएको मुख्यमन्त्री ! अब पदमा बस्ने दिन धेरै छैनन्

वनमन्त्री आलेले भने– शिष्टता नभएको मुख्यमन्त्री ! अब पदमा बस्ने दिन धेरै छैनन्

वन तथा वातावरणमन्त्री एवम् नेकपा ओली समूहका केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगरले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई शिष्टता नभएको आरोप लगाएका छन्।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– वन तथा वातावरणमन्त्री एवम् नेकपा ओली समूहका केन्द्रीय सदस्य प्रेमबहादुर आलेमगरले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई शिष्टता नभएको आरोप लगाएका छन्।

कैलालीको धनगढीमा प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्। 

‘आज देशका प्रधानमन्त्री विमानस्थल आउँदा स्वागत गर्न पनि पुगेनन्,’ उनले भने,‘शिष्टता पनि नभएको मुख्यमन्त्री। उहाँले दायित्व बिर्सिनुभो, संस्कार बिर्सिनुभो।’

उनले अब मुख्यमन्त्रीका दिन धेरै नरहेको पनि बताए। ‘अब तपाईंको मुख्यमन्त्री पद गइसकेपछि भारत जानु पर्दैन। मेरो मन्त्रालयले जडिबुटी खेती गरेर तपाईंलाई रोजगारी प्रदान गर्नेछ।’

कैलालीको धनगढीमा आयोजित जनसभामा सहभागी हुन कैलाली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीसहितका मन्त्रीहरु सहभागी भएनन्।
 

प्रकाशित: Jan 08, 2021| 10:03 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।