आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देशभरबाट १० सिट जितेर देखाउन दाहाल–नेपाललाई ओलीको चुनौती

देशभरबाट १० सिट जितेर देखाउन दाहाल–नेपाललाई ओलीको चुनौती

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहलाई अब हुने निर्वाचनमा देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिएका छन्।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको दाहाल–नेपाल समूहलाई अब हुने निर्वाचनमा देशभरबाट १० सिट जितेर देखाउन चुनौती दिएका छन्। कैलालीको धनगढीमा प्रदेशस्तरीय जनसभालाई सम्बोधनका क्रममा उनले यस्तो चुनौती दिएका हुन्। 

‘उहाँहरुले ठूला–ठूला कुरा गरिरहनुभएको छ। छोरी, बुहारी, भाइभतिजा, भान्जा–भान्जाको मात्रै हितमा लाग्नेहरु जनताको हितमा हुँदैनन्,’ उनले भने,‘यो पार्टी देश बनाउने पार्टी हो। उहाँहरुले निरर्थक गफ नगरे हुन्छ। मन र मानसिकता परिवर्तन गर्नुस्।’

उनले आफूले परिवारवाद र नातावाद गरेको भए देखाउन चुनौती दिए। ‘नेताहरुका कम्तिमा एक दर्जन माथिल्लो तहमा अवसर बाँडेका आफ्ना मान्छे छन्,’ उनले भने।

प्रकाशित: Jan 08, 2021| 09:43 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।