आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा अब चुनावबाट मात्रै आउँछ : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा अब चुनावबाट मात्रै आउँछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने निर्वाचनबाट मात्रै प्रतिनिधिसभा आउने बताएका छन्।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने निर्वाचनबाट मात्रै प्रतिनिधिसभा आउने बताएका छन्। कैलालीको धनगढीमा नेकपाको प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘केही मानिसहरु प्रतिनिधिसभाको विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेका छन्। एकपटक संविधान पढ्न आग्रह गर्दछु,’ उनले भने,‘मैले देशको समय बर्बाद हुने भयो काम गर्न नदिएपछि ताजा जनादेशमा गएको हुँ।’

उनले अब प्रतिनिधिसभा पुनर्स्थापना नहुने र वैशाखमा हुने निर्वाचनबाट आउने बताए। 

‘निर्वाचन आयोग तयारीमा लागेको छ। दुई दिन गरेर चुनाव हुन्छ। ढुक्क हुनुस्, चुनावमा लाग्नुस। खराब तत्वलाई गाउँमै ठेगान लगाएर पठाउनुस्। माथि गए भने दुःख दिन्छन्। तीनलाई ठेगान लगाउन भोट नहाले पुग्छ। अरु केही गर्नु पर्दैन। मैले हस्ताक्षर गरेको उम्मेदवारलाई जिताएर पठाउनुस्, त्यसको जिम्मा म लिन्छु।

प्रकाशित: Jan 08, 2021| 09:39 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।