काठमाडौं– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही माघ १ गते भारत भ्रमणमा जाने भएका छन्।
कैलालीको धनगढीमा पार्टीको प्रदेश स्तरीय जनसभालाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जानकारी दिएका हुन्।
सुदूरपश्चिमको सीमा समस्या लगायतका विकास निर्माणका विषयमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘१४ तारिखमा परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदै हुनुहन्छ,’ उनले सम्बोधनका क्रममा भने,‘यस क्षेत्रमा रहेका समस्या, गौरीफन्टा नाका सुचारु गर्ने लगायतका विषयमा भ्रमणका क्रममा छलफल गरिने छ।’