काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि अघि बढ्न नसकेको पश्चिम सेती परियोजना आफ्नै लगानीमा भए पनि अघि बढाइने बताएका छन्।
कैलालीको धनगढीमा आफ्नो समूहको प्रदेश स्तरीय जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘पश्चिम सेती अघि बढाइने छ आफ्नै लगानी होस् वा अरु लगानी खोजेर भए पनि,’ उनले भने,‘हामी त्यसको अध्ययन गर्दैछौं।’
उनले सुदूरपश्चिमको बैतडीमा बन्ने भनिएको पञ्चेश्वर परियोजनको कामलाई पनि अघि बढाउन सरकारले पहल गरिरहेको बताए। सम्बोधनका क्रममा उनले सुदूरपश्चिम प्रदेशमा अघि बढ्न नसकेका परियोजना र अब हुने विकासका बारेमा प्रकाश पारिरहेका छन्।