आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा विभाजनमा भीम रावलको ठूलो योगदान छ : कैलाली अध्यक्ष

नेकपा विभाजनमा भीम रावलको ठूलो योगदान छ : कैलाली अध्यक्ष

नेकपा ओली समूहका केन्द्रीय सदस्य एवम् कैलालीका अध्यक्ष रतन थापाले नेकपा विभाजनमा भीम रावलको ठूलो योगदान रहेको आरोप लगाएका छन्।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं– नेकपा ओली समूहका केन्द्रीय सदस्य एवम् कैलालीका अध्यक्ष रतन थापाले नेकपा विभाजनमा भीम रावलको ठूलो योगदान रहेको आरोप लगाएका छन्।

धनगढीमा ओली समूहको जनसभामा स्वागत मन्तव्य राख्दै उनले रावलको कडा आलोचना गरे।

सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका थापाले अहिले नेताहरुले पद नपाएकै कारण पार्टीलाई विभाजनको दिशामा पुर्याएको बताए। 

‘नेताहरु रोडमा गएर यहाँ छौं भनेर बस्नुभएको छ। उहाँहरुको स्थान नै त्यही हो,’ उनले भने,‘नेकपाको मूलधार नै प्रधानमन्त्रीले नेतृत्व गरेको पार्टी हो। हामी सत्यताको बाटोमा हिँडिरहेका छौं।’

प्रधानमन्त्री र अध्यक्ष हुन नपाएको भन्दै सडकमा गएर रोइलो गर्ने काम भइरहेको उनले बताए। ‘सुदूरपश्चिमको म मात्रै हुँ भन्ने भीम रावल लामो समय सत्तामा बसेर पनि के दिनु भयो,’ उनले प्रश्न गर्दै भने,‘उहाँले एउटा काम देखाउनुपर्यो।’

प्रकाशित: Jan 08, 2021| 09:05 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।