काठमाडौं– नेकपा ओली समूहको प्रदेशस्तरीय जनसभा कैलालीको धनगढीमा सुरू भएको छ। धनगढीस्थित खुल्लामञ्चमा जनसभा सुरू भएको हो।
जनसभालाई सम्बोधन गर्न नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली धनगढी पुगिसकेका छन्।
उनी विमानस्थलबाट सोझै नेपाल राष्ट्र बैंकको अतिथि गृहमा केहीबेर आराम गरेर अहिले कार्यक्रमस्थलमा पुगेका हुन्।
जनसभा स्थल र धनगढीको सुरक्षा व्यवस्था कडा पारिएको छ। अहिले अन्य नेताहरुले जनसभामा आफ्नो भनाइ राखिरहेका छन्।
जनसभालाई प्रधानमन्त्रीसहित संघीय सरकारका अन्य चारजना मन्त्रीलगायत नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना र वन मन्त्री प्रेम आलेसहितको सभागिता सभामा छ।