आइतबार, भदौ २१, २०८३

वैशाखमा कर्णाली लगानी सम्मेलन

आगामी वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलन हुने भएको छ।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

सुर्खेत– आगामी वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलन हुने भएको छ। कर्णालीमा लगानीमैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्थाको आकर्षण वढाउन लगानी सम्मेलन गर्न लागिएको कर्णाली प्रदेश योजना आयोगले जनाएको छ।

प्रदेश योजना आयोगको ७८ औं बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले जानकारी दिए। लगानी सम्मेलनका लागि आयोगले हाल परियोजना निर्माण गरिरहेको छ। वैशाखमा आयोजना हुने लगानी सम्मेलनको यकिन समय भने तोकिएको छैन।

लगानी सम्मेलनको संयोजन गर्न प्रदेश योजना आयोगका सदस्य योगेन्द्रबहादुर शाहीलाई जिम्मेवारी तोकिएको छ। प्रदेशस्तरीय लगानी सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता र निजी क्षेत्रलाई आमन्त्रण गरिने छ।

त्यस्तै बैठकले आगामी चैतमा कर्णाली प्रदेश विकास परिषदको बैठक आयोजना गर्ने निर्णय गरेको छ। विकास परिषदको लागि प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायालाई संयोजन गर्न जिम्मेवारी तोकिएको छ।

विकास परिषद् बैठकमा स्थानीय तहको आवधिक योजना निर्माणको लागि सहजीकरण र प्रदेश महत्वको आयोजनाहरुको अध्यावधिक गर्न छलफल हुने छ।
 

प्रकाशित: Jan 08, 2021| 08:05 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।