आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आधारभूत अस्पतालका लागि जग्गा व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

आधारभूत अस्पतालका लागि जग्गा व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पताल निर्माणका लागि तोकिएको मापदण्डबमोजिम जग्गा व्यवस्थापन गरी पठाउन स्थानीय तहलाई आग्रह गरेको छ।
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पताल निर्माणका लागि तोकिएको मापदण्डबमोजिम जग्गा व्यवस्थापन गरी पठाउन स्थानीय तहलाई आग्रह गरेको छ।

मन्त्रालयले २५९ स्थानीय तहलाई परिपत्र गर्दै ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि जग्गाको व्यवस्थापन गर्न भनेको हो। 

सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार भूगोल तथा जनसंख्याको आधारमा हरेक स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल निर्माण तथा स्तरोन्नति गर्ने लक्ष्य छ।

सोहीअनुसार स्थानीय तहमा निर्माण हुने स्वास्थ्य संस्थाको विवरण सम्बन्धित स्थानीय तहको कार्यपालिकाको निर्णयबाट छनोट गरी जिल्ला समन्वय समितिको सिफारिससहित फागुन मसान्तभित्र मन्त्रालयमा जानकारी गराउन अनुरोध गरिएको हो। 

सरकारको नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य छ। 

आधारभूत अस्पताल निर्माणका लागि अस्पताल निर्माण हुने सबै स्थानीय तहलाई आंशिक बजेट पठाइसकेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Jan 08, 2021| 06:09 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।