आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन केन्द्रित तयारीमा जुट्न प्रहरी महानिरीक्षकको निर्देशन

निर्वाचन केन्द्रित तयारीमा जुट्न प्रहरी महानिरीक्षकको निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्न भर्खरै जिल्लामा सरूवा भएका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं- प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्न भर्खरै जिल्लामा सरूवा भएका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्।

सरुवा भई जान लागेका प्रहरी उपरीक्षकहरु र प्रहरी नायव उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहमा उनले आवश्यक निर्देशन दिएका हुन्।

‘हालको परिस्थितिलाई मनन र विश्लेषण गरी सोहीअनुरुपको कार्य योजना बनाई अगाडि बढ्नपर्छ,’ उनले भने, ‘हालको सुरक्षा चुनौती व्यवस्थापन, तस्करी तथा गुण्डागर्दी नियन्त्रणमा विशेष ध्यान जाओस्।’

आईजीपी क्षेत्रीले संगठनले लागू गरेको नेपाल प्रहरी कार्ययोजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता लगायतका नीति निर्देशनलाई अक्षरस पालना गरी लागू गर्नुपर्ने बताए।

‘सेवाग्राहीले देख्ने र भोग्ने गरी प्रहरी कार्यमा सकारात्मक परिवर्तन आएमा तपाईको उपस्थिति सार्थक हुने हुनाले सबैले आफ्नो कर्तव्य र संगठनले दिएको जिम्मेवारी पूरा गर्नुहोला’ निर्देशनका क्रममा उनले भने। 

कार्यालय व्यवस्थापन, साधनस्रोतको उचित परिचालन र मर्मतसम्भार लगायतका दैनिक क्रियाकलापमा विशेष ध्यान दिई चुस्तदुरुस्त रुपमा प्रस्तुत हुनसमेत उनले निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयले २१ पुसमा ३० जना प्रहरी उपरीक्षकहरु र ६९ जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको थियो।

प्रकाशित: Jan 07, 2021| 11:52 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।