आइतबार, भदौ २१, २०८३

५ हजार १३२ को परीक्षण गर्दा ४१२ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ५ हजार १३२ जनाको कोरोना परीक्षण गर्दा ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ। यस्तै हालसम्म १९ लाख ६९ हजार २९२ जनाको पीसीआर परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा ४८३ जना कोरोना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ९०३ पुगेको छ।

प्रकाशित: Jan 07, 2021| 10:03 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।