आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अख्तियारका पूर्वप्रमुख उपाध्याय भन्छन्– कानुनी राज्य हो भने संसद् पुनर्स्थापना हुन्छ

अख्तियारका पूर्वप्रमुख उपाध्याय भन्छन्– कानुनी राज्य हो भने संसद् पुनर्स्थापना हुन्छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अहिले संविधानका निर्माता पनि नबोलेर बसिरहेकोमा गुनासो गरेका छन्।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले अहिले संविधानका निर्माता पनि नबोलेर बसिरहेकोमा गुनासो गरेका छन्। 

नेकपाको दाहाल–नेपाल समूहले आज बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘उहाँहरुको केही बाध्यता होला। तर हामी भने बुझ पचाएर बस्ने मानिस होइनौं। जे गलत भएको छ, त्यसका बारेमा हामी बोल्छौं। संविधानको ठाडो उल्लंघन भएको छ। उत्तेजनामा आएर कदम चालिएको छ। गलत कदमविरुद्ध सबै एकजुट हुनुपर्छ। अहिलेको कदम गैरकानुनी छ।’

देशलाई माया गर्नेले प्रधानमन्त्री केपी ओलीको संसद् विघटन गर्ने कदमको विरोध गर्नुपर्ने उनले बताए। ‘यो गलत कदमविरुद्ध देशलाई माया गर्ने मानिसले बोल्नुपर्छ। देशमा कानुनी राज्य छ भने संसद् पुनर्स्थापना हुन्छ,’ उनले भने।

प्रकाशित: Jan 07, 2021| 09:10 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।