आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कम्युनिस्ट पार्टीको ब्यानरमा जनता सडकमा आउँदैनन् : दाहाल

कम्युनिस्ट पार्टीको ब्यानरमा जनता सडकमा आउँदैनन् : दाहाल

वरिष्ठ अधिवक्ता हरिहर दाहालले कम्युनिस्ट पार्टीभित्रको विवाद सत्ता र पदको द्वन्द्व हो भनेर जनताले बुझिसकेको बताएका छन्।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– वरिष्ठ अधिवक्ता हरिहर दाहालले कम्युनिस्ट पार्टीभित्रको विवाद सत्ता र पदको द्वन्द्व हो भनेर जनताले बुझिसकेको बताएका छन्।

नेकपाको दाहाल–नेपाल समूहले आज बिहीबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘अहिले जनता सडकमा आउलान् भन्ने मलाई लाग्दैन। कम्युनिस्ट पार्टीकै ब्यानरमा आन्दोलन सफल होला जस्तो लाग्दैन।’

नेपालको राजनीति केही नेताहरूको वरिपरि घुमेको भन्दै उनले अबको आन्दोलन कुनै पार्टी र सत्ता प्राप्तिका लागि मात्रै हो भने यो सम्भव नहुने बताए।

‘जनतालाई विश्वस्त पार्न सक्नुपर्छ। प्रतिनिधिसभाको कार्यकाल बाँकी छँदै विघटन गरिएको छ। वैकल्पिक सरकारको सम्भावना हुँदाहुँदै पनि हठात् संसद् विघटन गरिएको छ। संविधानको रक्षाका लागि हो भने जनता सडकमा आउँछन्, नत्र सत्ताकै लागि हो भने आउँदैनन्,’ उनले भने।

प्रकाशित: Jan 07, 2021| 09:03 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।