आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कहिले पार्टी फुट्ला र मन्त्री पाउँला भनेर बसेका छट्टुहरुले बेइज्जत गरे : विडारी

कहिले पार्टी फुट्ला र मन्त्री पाउँला भनेर बसेका छट्टुहरुले बेइज्जत गरे : विडारी

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले कहिले पार्टी फुट्ला र मन्त्री पद पाउँला भनेर बसेकाले बेइज्जत गरेको बताएका छन्।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं- राष्ट्रियसभा सदस्य रामनारायण विडारीले कहिले पार्टी फुट्ला र मन्त्री पद पाउँला भनेर बसेकाले बेइज्जत गरेको बताएका छन्।

राष्ट्रियसभा बैठकमा बोल्दै विडारीले त्यस्ता व्यक्तिहरुले नेपाल, नेपाली र संविधानको बेइज्जत गरेको बताए।

उनले भने, ‘अहिले नेपाल आमाको चित्कार छ, गुहार गुहार भनिएको छ किसानको र मजदुरको विचल्ली भएको छ। कहिले पार्टी फुट्ला र मन्त्री पाउँला भनेर बसेका छट्टुहरुले नेपाल र नेपालीको संविधानको बइज्जत गर्दैछन्।’

विडारीले सरकारमा दलाल नै दलालको बर्चस्व रहेको बताए। उनले भने, ‘जनताको आम्दानी घटाउने, राष्ट्रिय गौरबका आयोजनालाई अलपत्र पार्ने, जग्गा दर्ता घुस, ठेक्कापट्टा गर्दा सरकार संलग्न हुने दलाल नै दलालको बर्चस्व भयो।’

नेपाल भ्रष्टाचार बोलबाला भएको मुलुकमा सूचिकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनको स्मरण गर्दै उनले त्यो कुरालाई पनि बेवास्ता गरी भ्रष्टाचारीहरुलाई संरक्षण गरिराखेको आरोप लगाए।

‘राम्रो लाउने राम्रो खाने, मनलाग्दी खर्च गर्ने र देशलाई विश्वकै गरिब बनाउने काम नेकपाभित्रबाट पनि भयो।’ उनले भने, ‘व्यवस्थाको विरुद्धमा, जनताको विरुद्धमा, पार्टीको विरुद्धमा, संविधानको विरुद्धमा जुँगा मुसार्दै आफ्नै सहकर्मीलाई लोप्पा खुवाउँदै प्रतिनिधि विघटनको घोषणा भयो।’ उनले भने।

विडारीले गणतन्त्रको प्रतिक राष्ट्रपतिलाई पनि संसारको अगाडि लज्जित बनाउन खोजिएको आरोप लगाए। राज्यका सबै संवैधानिक अंगलाई पंगु बनाउने काम गरिएको उनले बताए।

विडारीले विभिन्न देशको संविधानको उदाहरण दिँदै सरकारले प्रतिनिधिसभा विघटन गर्दा लिएको संविधानको साहराको औचित्यमाथि प्रश्न उठाए।

उनले भने, ‘संविधान मस्यौदा गर्दा १५ जनाको कार्यदल थियो। म पनि सदस्य थिएँ। कृष्णप्रसाद सिटौलाको ५ जनाको टिममा पनि थिएँ। ओली हुनुहुन्थ्यो, नेम्बाङ थिए। त्यो बेलाको टेप रेकर्ड यहाँ बजाइयोस्। अनि कति नालायक काम भएछ भन्ने थाहा हुन्छ, संसद भंग हुन सक्दैन भनिएको छ।’

‘धारा ७६ (१) देखि (५) सम्म विश्वासको मत लिएन भने संसद विघटन हुने हो। प्रधानमन्त्रीले पार्टीले काम गर्न दिएन भन्नुहुन्छ। संसदले अविश्वासको प्रस्ताव ल्याउन लाग्यो भनेर डर लाग्यो भनेर भंग गर्न पाइन्छ ? तीन वर्षमा सरकारलाई संसदले सहयोग गरेकै हो आफू असफल हुने प्रहार संसद माथि गर्ने।’ विडारीले प्रश्न गरे। 

उनले प्रधानमन्त्रीले ताजा जनादेशमा जाने भन्दै दिएको अभिव्यक्तिमा आपत्ति जनाए। उनले भने, ‘ताजा जनादेश प्रधानमन्त्रीको हुकमबाट हुने कि संविधानबाट हुने? संविधानमा पाँच वर्ष भनिएको छ। अढाई वर्षमै गरिदिने। ताजा जनादेशबाट आउने तीन महिनामै विघटन गरिदियो भने? के हुन्छ। वैशाखमा चुनावमा हुँदैन। प्रधानमन्त्रीले विघटन गर्नुभयो? उहाँको अपराधको म विरोधी हुँ।’

प्रकाशित: Jan 07, 2021| 08:58 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।