काठमाडौं– मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष कृष्ण पहाडीले गएको वैशाखमा नै प्रतिगमनको सुरुवात भएको बताएका छन्।
नेकपाको दाहाल–नेपाल समूहले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीले चालेको संसद् विघटनको कदम असंवैधानिक भएको बताए।
‘यो कदमको बारेमा यसमा बहस गर्नु आवश्यक थियो। संसद् विघटन गर्न नपाइने भन्ने व्यवस्था हामीले संविधानमा राखेका थियौं। अन्य देशमा पनि यस्तो अधिकार छ, तर यहाँ ओलीले अधिकार नभएकै अधिकार प्रयोग गरेका छन्,’ उनले भने।
प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी भन्दै पहाडीले उनी आफू पनि सकिएको र उनको अगाडि–पछाडि लाग्नेहरु पनि सकिने बताए। न्यायालय र सेनालाई पनि ओली बनाउन खोजिएको भन्दै उनले यसमा देशभरका वकिलले यसमा बोल्नुपर्नेमा जोड दिए।
‘वैशाखमा कुनै पनि हालतमा उहाँले चुनाव गर्नुहुन्न। सर्वोच्चले लिकबाहिर गएको रेललाई लिकमा ल्याउनुपर्छ। हिजो शाही सत्ताजस्तै
संवैधानिक निकायमा हिजो मानिस भर्ना गर्दा सही मानिस भर्ना गरेको भए अहिले यस्तो अवस्था आउने थिएन,’ उनले भने, ‘तपाईंहरुले जनतामा जाने कुरा गर्नुभएको छ। तपाईंहरुले हिजोको गल्ती सच्चाएर आए जनता सडकमा आउँछन्। ओलीको पतन निश्चित छ। तानाशाही अन्त्य हुनेछ। हामी प्रतिगमनविरुद्ध सबै एकमत छौं।’