आइतबार, भदौ २१, २०८३

नागरिक समाजले हामीलाई सहयोग गर्नुपर्‍यो : खनाल

नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले देश अर्को एउटा दुर्घटनाबाट गुज्रिएको टिप्पणी गरेका छन्।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले देश अर्को एउटा दुर्घटनाबाट गुज्रिएको टिप्पणी गरेका छन्। 

नेकपाको उक्त समूहले आज बिहीबार काठमाडौंमा आयोजना गरेको नागरिक समाजसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘संविधानलाई मिचेर प्रधानमन्त्रीले संसद् विघटन गर्नुभयो। यो लोकतन्त्रविरुद्धको हमला हो। नेपाली जनताले दिएको जनादेशमाथिको हमला हो। हामीले संविधान निर्माण गर्दा अब स्थायित्व हुन्छ भनेर सोचेका थियौं तर अहिले चालिएको कदम दुर्भाग्यपूर्ण कदम हो। संविधान र लोकतन्त्रको रक्षाका लागि हामीले अगाडि नबढी नहुने भएको छ।’

संसद् पुनर्स्थापनाको विकल्प नभएको उनले दोहोर्‍याए। हिजोका दिनमा नागरिक समाजले महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै उनले अहिले फेरि भूमिका खेल्नुपर्ने समय आएको उनले बताए।

‘आन्दोलन सुरु त भइसकेको छ। अहिले दलहरूले सुरु गरिसकेका छन्। जनता पनि आन्दोलनमा छन्। अहिलेको अवस्थामा नागरिक समाजको भूमिका के हुन्छ भन्ने हिसाबले हामीले छलफल सुरु गरेका हौं,’ खनालले भने। 
 

प्रकाशित: Jan 07, 2021| 08:40 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।