आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘प्रधानमन्त्री हुन मानसिक सन्तुलन ठिक भएको प्रतिनिधिसभा सदस्य चाहिन्छ’

‘प्रधानमन्त्री हुन मानसिक सन्तुलन ठिक भएको प्रतिनिधिसभा सदस्य चाहिन्छ’

राष्ट्रियसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुन योग्य नभएको बताएका छन्।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं- राष्ट्रियसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुन योग्य नभएको बताएका छन्।

उनले प्रधानमन्त्री हुनका लागि प्रतिनिधिसभा सदस्य हुनुपर्ने र त्यस्तो व्यक्ति मानसिक सन्तुलन ठिक भएको हुनुपर्ने संवैधानिक व्यवस्था रहेको बताएका हुन्।

उनले भनेका छन्, ‘प्रधानमन्त्री हुन प्रतिनिधिसभाको सदस्य हुनुपर्छ र मानसिक सन्तुलन ठिक भएको व्यक्ति हुनुपर्छ।’

रायमाझीले प्रतिनिधिसभा विघटन गरेपछि ओली प्रतिनिधिसभाको सदस्य नै नरहेको बताए। साथै ओलीकाे व्यवहारले उनकाे मानसिक सन्तुलन ठिक छ कि छैन भन्ने अवस्थारहेको समेत बताएका छन्। ‘उहाँ मानसिक सन्तुलन गुमेको मान्छे। मानसिक सन्तुलन गुमेको भन्न मिल्छ कि मिल्दैन। असंवैधानिक र अधिनायकवादमा हिड्ने प्रयास सरकारले गरेको छ।’

रायमाझीले ओलीले राष्ट्रपतिकोसमेत बदनाम गराएको बताए। उनले भने, ‘राष्ट्रपति नेकपाको कार्यकर्ता होइन। तर नेकपाकाे कारण सम्मानित संस्थाको बदनाम भएको छ।’ प्रधानमन्त्रीको कदमले एक महिलाकोसमेत बदनाम भएको उनको दाबी छ। उनले भने, ‘महिलाहरु काम गर्न अक्षम हुन् भन्ने प्रश्न खडा भएको छ। नेपालका सबै महिलालाई सम्मान गर्न चाहान्छु। एउटा तनाशाहको भरमा हिँड्दा राष्ट्रपति बदनाम हुनुभएको छ।’

रायमाझीले यो सरकार निर्वाचनमा जाने हुँदा कामचलाउ हुनुपर्ने बताए। उनले अगाडि भने, ‘तर अहिले मन्त्रिमण्डल गठन गरिरहनुभएको छ उहाँ हिटलर हो? उहाँले जे भन्यो त्यही मानिदिनुपर्ने, मुलुकलाई यो दिशामा पराउन नेकपा दोषी छ।’ 

रायमाझीले पाँच वर्षभित्र मुलुकलाई समृद्ध बनाउँछौं भनेर मत मागेको तर नेकपाका अध्यक्ष ओली, पुष्पकमल दाहाललगायतले ५ वर्ष सरकार चलाउन नसकेको बताए।

उनले भने, ‘कोभिडमा भ्रष्टाचार भयो, यती काण्डमा सरकार फस्यो भनेको थिएँ। तर कम्युनिस्ट पार्टीका सदस्यहरुले मानेनन्। त्यो बेला त्यसलाई मनन गरेको भए आज पूर्वप्रधानमन्त्री सडकमा आउनुपर्दैन थियो। भ्रष्टाचारी नेतालाई बचाउन खोज्दा नेकपा दुर्घटनामा पर्दैन थियो।’

अहिले ओलीले अदालतलाई प्रभावित गर्ने गरी बोलीरहेकोसमेत रायमाझीले आरोप लगाए। 

‘सूर्य र हँसिया हतौडा लिएर वृद्धावृद्धालाई पाँच हजार भत्ता दिने घोषणा गरेको सरकारले त्यो गरेन।’ उनले भने, ‘त्यो वृद्धावद्धामाथि अपमान भयो कि भएन ? यो सरकार हरेक ठाँउमा चुकेको छ। गरिब जनताले कोरोनाका कारण उपचार गर्न जाँदा आफैँ गर्नुपर्ने भन्यो, जनताले माने। गरिबले उपचार गर्न जाँदा आफैंले गर्नुपर्ने। समय नपुगी संसद् भंग गरेर चुनाव गर्न पैसा हुने?’

प्रकाशित: Jan 07, 2021| 08:08 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।