आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकाको संसद् भवनमा भएको आक्रमणले लोकतन्त्र खतरामा पर्‍यो : कोमल वली 

अमेरिकाको संसद् भवनमा भएको आक्रमणले लोकतन्त्र खतरामा पर्‍यो : कोमल वली 

राष्ट्रिय सभा सदस्य कोमल वलीले अमेरिकी संसदमा भएको आक्रमणको निन्दा गरेकी छन्। 
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

काठमाडौं– राष्ट्रिय सभा सदस्य कोमल वलीले अमेरिकी संसदमा भएको आक्रमणको निन्दा गरेकी छन्। 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले अमेरिकी संसदमा भएको हिंसात्मक गतिविधिले विश्वमै लोकतन्त्र खतरामा परेको बताएकी हुन्।

सत्ताको शान्तिपूर्ण हस्तान्तरणमा भएको अवरोधले संसदीय व्यवस्था मान्ने सबैलाई चुनौती भएको उनको भनाइ थियो।

राष्ट्रपतिको निर्वाचनमा हार व्यहोरेका वर्तमान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले वासिङटनस्थित संसद् भवनमा हिंसात्मक प्रदर्शन गरेका थिए। प्रदर्शनमा हालसम्म चार जनाको मृत्यु भएको छ। 

प्रकाशित: Jan 07, 2021| 07:35 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।