आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटनगरमा पनि बढ्यो वायु प्रदूषण, बाहिर ननिस्कन महानगरको आग्रह

विराटनगरमा पनि बढ्यो वायु प्रदूषण, बाहिर ननिस्कन महानगरको आग्रह

प्रदूषण बढेकाले विराटनगरमा खतराको संकेत देखिएको महानगरले जनाएको छ।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

विराटनगर– वायु प्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको छ। महानगरपालिकाले प्रदूषण कम गर्न फोहोर नडढाउन र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ।

प्रदूषण बढेकाले विराटनगरमा खतराको संकेत देखिएको महानगरले जनाएको छ। साँझको हावामा प्रदूषण झन् बढ्ने महानगरले जनाएको छ। विज्ञहरुका अनुसार वायु प्रदूषणले तत्काल असर नदेखिए पनि दिर्घकालीन रुपमा गम्भीर असर गर्नसक्छ।

चिसोका कारण वायु प्रदूषणको मात्रा बढेको बताइएको छ। चिसो बढेका कारण धूलो उडेर धेरै टाढा जान नसक्ने भएकोले हावाको तल्लो तहमा रहेका धुवाँ धूलोेले मानव स्वास्थ्यलाई हानी गर्छ। औद्योगिक क्षेत्रबाट निस्कने प्रदूषण र सवारी चाप पनि उच्च रहेकोले विराटनगरको हावामा प्रदूषण बढेको हो।

प्रदूषण उच्च तहमा पुगेकाले मर्निङ वाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको छ। सामान्यतया हावाको गुणस्तर (एयर क्वालिटी इन्डेक्स) ०–६० सम्मको अवस्थालाई राम्रो मान्ने गरिन्छ। विराटनगरमा हावाको गुणस्तर १६० भन्दा माथि छ। 

विराटनगर महानगरपालिकामा सडक विस्तारको क्रममा धेरै रुख काटिएकोले पनि वातावरण सन्तुलन हुन नसकेको हो। गत साउनयता नियमित रुपमा हावाको गुणस्तर मापन गर्न थालिएको छ। प्रदूषणको मापनका लागि महेन्द्र मोरङ क्याम्पसमा उपकरण जडान गरिएको छ।

वातावरणको अवस्था जानकारी दिनका लागि डिभिजन वन कार्यालय अगाडि डिस्प्ले बोर्ड राखिएको छ। पछिल्लो समय ह्वात्तै बढेको वायु प्रदूषणको जोखिम काठमाडौंमा कम हुँदै गए पनि विराटनगर, जनकपुर र हेटौँडामा कायमै रहेको विज्ञहरुले बताएका छन्।

प्रकाशित: Jan 07, 2021| 06:46 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।