आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • श्रीमतीको हत्या गरेर भागेका धनकुमार झुण्डिएको अवस्थामा मृत फेला

श्रीमतीको हत्या गरेर भागेका धनकुमार झुण्डिएको अवस्थामा मृत फेला

बञ्चरो प्रहार गरी  श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। 
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

पाँचथर– बञ्चरो प्रहार गरी  श्रीमतीको हत्या गरेर फरार भएका एक व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। 

पाँचथरको हिलिहाङ ५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटी घरबाट करिब तीन किलोमिटर पूर्व जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।

गत पुस ९ गते मध्यराति  ३० वर्षीया श्रीमती दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेपछि उनी फरार भएका थिए। बुधबार उनी गाउँकै जंगलमा झुण्डिएर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

पात्ले (कटुस)को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन्। 

फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। गत पुस ९ गते मध्यराति धनबहादुरले टाउकोमा बञ्चरोले प्रहार गर्दा दुर्गादेवीको मृत्यु भएको थियो। घटनापछि फरार धनबहादुरलाई प्रहरीले खोजी गर्दै आएको थियो। 

प्रकाशित: Jan 07, 2021| 03:40 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।