आइतबार, भदौ २१, २०८३

‘बहिनी बाँच्न चाहन्छे’

मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा आर्थिक अभाव भएपछि दाजुले सहयोगको याचना गरेका छन्।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

बागलुङ- मिर्गौला रोगबाट ग्रस्त बहिनीको उपचारमा आर्थिक अभाव भएपछि दाजुले सहयोगको याचना गरेका छन्।  निसीखोला गाउँपालिका १ का भक्तबहादुर पुनले बहिनी सुशीलाको नयाँ जीवनका लागि सहयोगको हात फैलाएका हुन।  

“बहिनी बाँच्न चाहन्छे, सबैले सक्दो सहयोग गरिदिनुस्, बहिनीको जीवन बचाइदिनुस्”, बुधबार सदरमुकाममा आयोजित पत्रकार भेटघाटमा पुनले भने। उनले ३३ वर्षीय बहिनीको भविष्यलाई लिएर आफ्नो परिवार चिन्तामा परेको बताए। 

डेढ वर्षअघि रोग पहिचान भएपछि बहिनीको उपचारका लागि पाल्पा, भैरहवा हुँदै पोखरासम्मका अस्पतालमा धाएको पुनले सुनाए। सुशीलाको अहिले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

सुरुमा पाल्पाको मिसन अस्पतालमा १२ दिनसम्म राखेपछि चिकित्सकले भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्समा रिफर गरेका थिए। पछि भैरहवामा पनि उपचार सम्भव नभएपछि पोखरा लगिएको पुनले बताए। त्यतिञ्जेलसम्म उपचारमा सवा दुई लाख जति खर्च भइसकेको थियो।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार थालेको पनि झण्डै एक वर्ष हुन थालेको छ । गत वर्ष फागुनयता मिर्गौलाको नियमित डायलासिस भइरहेको छ। दुवै मिर्गौलाले काम नगरेपछि पेरिटोनियल विधिबाट दैनिक तीन पटक डायलासिस गर्नुपर्छ। डायलासिससहित उपचार र हेरचाहमा अहिले मासिक  ३० हजार खर्च भइरहेको छ।

“आठ लाखभन्दा बढी खर्च भइसक्यो, उपचार धान्नै नसक्ने अवस्था भयो, सामान्य खेतीकिसानी गरेर खाने परिवारलाई गाह्रो हुँदोरहेछ”, पुनले भने। उनले डायलासिसका लागि सरकारले दिने छुटबाहेक पनि उपचारमा धेरै खर्च भइरहेको बताए। डायलासिस सेवा निःशुल्क दिने सरकारको नीति छ।

मिर्गौलासम्बन्धी रोगमा लामो समयसम्म उपचार गर्नुपर्ने र महँगो पनि पर्ने हुँदा परिवारलाई अफ्ठेरो स्थिति आइलागेको पुनको भनाइ छ। सोचे जसरी सहायता जुटेमा सुशीलाको मिर्गौला प्रत्यारोपण गर्ने योजनामा पुन परिवार छ।  

प्रकाशित: Jan 07, 2021| 00:40 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।