आइतबार, भदौ २१, २०८३

गैँडा तस्करका आरोपित १५ वर्षपछि पक्राउ

गैँडा तस्करको आरोप लागेका एक जना व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन्। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

चितवन– गैँडा तस्करको आरोप लागेका एक जना व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन्। 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार माडी नगरपालिका–५ का ४८ वर्षीय शनिचरा महतो पिपरियाबाट पक्राउ परेका हुन्। 

२०६२ असारमा गैँडा मार्ने क्रममा प्रत्यक्ष संलग्न भएको आरोपमा उनीविरुद्ध असोज १२ गते मुद्दा दायर गरिएको थियो। 

मुद्दा २०६४ पुस २० गते फैसला भई १५ वर्ष कैद र एक लाख जरिवाना तोकिएको थियो। 

उनी अत्याधुनिक हतियारको सहायताले गैँडा मार्ने कार्य  र खाग बिक्रीमा संलग्न भएको पाइएको निकुञ्जले जनाएको छ। 

पछिल्लो समय निकुञ्जमा चोरी शिकारी पुनः बढेको छ। साउनयता तस्करले मारेका चार गैँडा फेला परेपछि निकुञ्जमा निगरानी बढाएको जनाइएको छ।

रासस
 

प्रकाशित: Jan 06, 2021| 16:15 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।