आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कतार र साउदीबीच सीमाना खोल्ने सहमति, नेपालद्वारा स्वागत

कतार र साउदीबीच सीमाना खोल्ने सहमति, नेपालद्वारा स्वागत

नेपाल सरकारले साउदी अरेबिया र कतारबीचका सीमाना खोल्न भएको सहमतिको स्वागत गरेको छ।
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं– नेपाल सरकारले साउदी अरेबिया र कतारबीचका सीमाना खोल्न भएको सहमतिको स्वागत गरेको छ।

परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी दुई देशबीचका सीमाना खोल्न गरिएको निर्णयलाई महत्त्वपूर्ण कदम भएको बताएको हो। 

खाडी सहयोग परिषद् (जीसीससी) को मंगलबारको शिखर बैठकले दुई देशबीचको सीमाना खोल्ने निर्णय गरेको थियो। 

नेपालले उक्त निर्णयबाट परिषद्को सदस्य राष्ट्रका समाधान गर्न बाँकी मुद्दालाई निष्कर्षमा पु¥याउन सहयोग हुने बताएको छ। 

त्यस्तै खाडी क्षेत्रको स्थायित्व र सहयोग प्रबद्र्धनमा पनि योगदान पुग्ने विश्वास नेपालले लिएको छ।
 

प्रकाशित: Jan 06, 2021| 16:02 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।