आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेश : कांग्रेसले तयार पार्‍यो संकल्प प्रस्ताव

गण्डकी प्रदेश : कांग्रेसले तयार पार्‍यो संकल्प प्रस्ताव

गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा नेपाली कांग्रेसले १३ बुँदे संकल्प प्रस्ताव पेस गर्ने भएको छ। 
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

पोखरा– गण्डकी प्रदेश सभाको विशेष अधिवेशनमा नेपाली कांग्रेसले १३ बुँदे संकल्प प्रस्ताव पेस गर्ने भएको छ। 

उक्त प्रस्तावलाई साझा प्रस्तावका रुपमा अगाडि बढाउने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले चाहाना देखाए पनि सहमति हुने सम्भावना भने कमै छ। 

कोभिड– १९ का विरामीको उपचार निजी अस्पतालमा समेत निशुल्क गरिनुपर्नेदेखि भ्याक्सिन नेपालमा ल्याइएपछि प्रदेशमा वितरणको मापदण्ड तयार गर्ने, प्रत्येक जिल्लामा पीसीआर मेसिन थपेर परीक्षण बढाउनेसम्मका बुँदा संकल्प प्रस्तावमा राखिएका छन्। 

यसअघि कांग्रेसले नै एक घर एक पीसीआरको माग राखेर दर्ता गराएको संकल्प प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएको थियो। अहिले फेरि उस्तै विषय भए पनि फरक ढंगबाट प्रस्ताव लैजाने कांग्रेसले तयारी गरेको हो। 

त्यस्तै नवलपुर र बागलुङमा रहेका पीसीआर मेसिन तत्काल प्रयोगमा ल्याउनुपर्ने, सरकारी अस्पतालमा भेन्टिलेटर, आइसीयू बेड, अक्सिजन प्लान्ट, स्वास्थ्य उपकरणको तत्काल व्यवस्था गर्नुपर्ने माग पनि अघि सारिएको छ । 

निजी अस्पतालसँग सम्झौता गरेर कोरोना संक्रमितको उपचारमा लाग्ने सबै खर्च सरकारले व्यहोर्नुपर्ने, स्वास्थ्य क्षेत्रको रिक्त दरबन्दीमा तत्काल पदपूर्ति गर्ने, आवश्यक थप दरबन्दी सिर्जना गर्ने, विशेषज्ञ चिकित्सक लगायत अत्यावश्यक स्वास्थ्य जनशक्तिलाई प्रदेशमै रहिरहन प्रेरित गर्ने, संक्रामक तथा सरुवा रोग अस्पताललाई उच्च प्राथमिकतामा राखी सवलीकरण र स्तरोन्नति गर्न पनि कांग्रेसले माग गरेको छ ।  

कोभिडको नयाँ स्वरुपको परीक्षणको व्यवस्था, खोपको चयन, उपलब्धता, ढुवानी, भण्डारण, वितरण लगायत कोल्ड चेन हेतु विशेषज्ञ सम्मिलित कार्यदल बनाउने, प्रथम चरणमा उपलब्ध हुने खोप दिनका लागि मापदण्ड बनाई लक्षित समूह र व्यक्तिको सूची बनाउने, निशुल्क उपलब्ध नहुने आवश्यक परिमाणको खोप खरिदका लागि आर्थिक लगायत सबै व्यवस्था मिलाउने, खोपको ढुवानीका लागि प्रदेशमा भएको रेफ्रिरेजेटेड इन्सुलेटेड भ्यान अपुग हुने भएकोले थप साधनको व्यवस्था मिलाउन माग गरिएको छ। यी काम भए नभएको हेर्नका लागि संयुक्त संसदीय समिति गठन गरेर सबै प्रक्रियाको निरीक्षण, अनुगमन र सहजीकरण गर्नुपर्ने कांग्रेसको प्रस्ताव छ । 

बजेट खर्चको प्रक्रिया माघ मसान्तसम्म सकेर समयमै कार्यान्वयन पूरा गर्न र माघ मसान्तसम्म पनि प्रक्रिया थालनी नभए बजेट सरेन्डर गर्न कांग्रेसले सरकारलाई चुनौती दिएको छ। 

महंगी र कालोबजारी नियन्त्रण गर्न बजार अनुगमनलाई प्रभावकारी र परिणाममुखी बनाउन भनेको छ भने बेरोजगारी कम गर्ने, स्वरोजगार बृद्धि गर्ने कार्यक्रमको कार्यान्वयन गर्न सुझाव दिइएको छ। 

कांग्रेस र जनता समाजवादीको आग्रहमा मंगलबार सुरु भएको विशेष अधिवेशनको अर्को बैठक २६ गतेका लागि डाकिएको छ । 


 

प्रकाशित: Jan 06, 2021| 12:52 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।