आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १४ वर्षको अभ्यासले यो व्यवस्था गलत प्रमाणित भइसक्यो : कमल थापा  

१४ वर्षको अभ्यासले यो व्यवस्था गलत प्रमाणित भइसक्यो : कमल थापा  

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १४ वर्षको अभ्यासले वर्तमान व्यवस्था गलत प्रमाणित भएको बताएका छन्।  
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १४ वर्षको अभ्यासले वर्तमान व्यवस्था गलत प्रमाणित भएको बताएका छन्।  

मकवानपुरको हेटौंडामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विदेशीको ग्रान्ड डिजाइनमा लादिएको वर्तमान व्यवस्था गलत भएको बताएका हुन्। 

थापाले विदेशीले नेपाललाई धार्मिक सांस्कृतिक उपनिवेश बनाउनको निमित्त धर्म निरपेक्षता, गणतन्त्र लादेको बताए। 

‘१४ वर्षको अभ्यासबाट वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्न खडा भएको छ,’ उनले भने, ‘संसद विघटनको घटनाबाट मुलुक थप जटिलतातर्फ फसेको छ।’ 

यो जटिलतालाई अवसरको रुपमा सदुपयोग गरेर गलत बाटो सच्याउने साहस आवश्यक भएको थापाको भनाइ छ। 

एउटा राजा हटाएर सैयौं राजा जन्माएको व्यवस्था अब चल्न नसक्ने थापाको दाबी छ। 

२०६२/०६३ को आन्दोलनमा विदेशिको प्रभाव, प्रायोजन र लगानी रहेको बुझेर राप्रपा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको अध्यक्ष थापाले बताए। 
 

प्रकाशित: Jan 06, 2021| 11:11 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।