आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री बोहोराले दिए राजीनामा

सुदूरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री बोहोराले दिए राजीनामा

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बाेहाेराले राजीनामा दिएका छन्।
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बाेहाेराले राजीनामा दिएका छन्।

आज (बुधबार) धनगढीमा पत्रकार सम्मेलन गरी मन्त्री बोहोराले राजीनामा दिएका हुन्।

बोहोरा नेकपाको ओली समूहका हुन्। प्रतिनिधिसभा विघटनपछि अध्यक्ष केपी शर्मा ओलीले बोहोरालाई केन्द्रीय सदस्यमा मनोनित गरेका थिए।

केही समयअघि मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेका थिए। भट्ट दाहाल नेपाल समूहका हुन्।

राजीनामा दिँदै आर्थिक मामिला तथा योजनामन्त्री बोहोराले आफ्नो कार्यकालमा सुदूरपश्चिम सरकारले थुप्रै राम्रा कामहरु गरेको र राम्रा कामको जग बसालेको फेहरिस्त पेश गरेका छन्।
 

प्रकाशित: Jan 06, 2021| 09:55 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।