बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नयाँ प्रकारको कोरोना फैलिएपछि बेलायतमा पुनः डेढ महिना लकडाउन 

नयाँ प्रकारको कोरोना फैलिएपछि बेलायतमा पुनः डेढ महिना लकडाउन 

नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि करिब डेढ महिना लामो लकडाउन घोषणा गरिएको छ।
 |  बुधबार, पुस २२, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २२, २०७७

काठमाडौं- नयाँ प्रकारको कोरोनाभाइरस फैलिन थालेपछि बेलायतमा फेरि करिब डेढ महिना लामो लकडाउन घोषणा गरिएको छ।

National life

प्रधानमन्त्री बोरिस जोन्सनले देशव्यापी लकडाउन घोषणा गरेका हुन्।  मंगलबारदेखि घोषणा गरिएको लकडाउन  फेब्रुअरी मध्यसम्म लागू हुने उनले जानकारी दिए।  

कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्ने पहिलो राष्ट्र भएपनि बेलायतमा नयाँ प्रकारको कोरोनाभाइरस तिव्र रुपमा फैलिन थालेको छ।

नयाँ रुपको कोरोना संक्रमितले अस्पतालहरु भरिभराउ हुन थालेपछि प्रधानमन्त्री जोन्सनले आम नागरिकलाई फेरि पनि घरमै बस्न आह्वान गरेका छन्।  

उनले अत्यावश्यक कामका लागि मात्रै बाहिर निस्कन आग्रह गर्दै वक्तव्य जारी गरेका छन्।  गत वर्षको मार्चमा जस्तै उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

ुनयाँ प्रकारको भाइरस तिव्ररुपमा फैलिएको छ, त्यसैले यो समय उच्च सतर्कता अपनाउनु पर्ने समय हो,ु उनले भनेका छन्।  

अस्पतालमा बिरामीको चाप धेरै हुन थालिसकेको र थप तयारी गर्नु पर्ने पनि उनले  उल्लेख गरेका छन्।  एक टेलिभिजनमा बोल्ने क्रममा उनले देशभरी फेरि अर्को महामारी फैलिन सक्ने खतरा पनि उत्तिकै रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।  

मंगलबारदेखि लकडाउन अन्तर्गत प्राथमिक तथा माध्यमिक विद्यालय र कलेज बन्द गर्न लगाइएको छ। भौतिकरुपमा उपस्थित भएर गरिने शिक्षण प्रक्रिया अपनाउँदा कोरोना फैलिन सक्ने खतरा औँल्याइएको छ । 

विश्वविद्यालयका विद्यार्थी पनि मध्य फेब्रुअरीसम्म विश्वविद्यालय नफर्किने भएका छन्। मानिसलाई घरबाटै काम गर्न आग्रह गरिएको छ भने घर छाड्नु पर्ने बाध्यतालाई पनि न्यूनीकरण गर्न भनिएको छ।

अघिल्लो हप्ताको तुलनामा सोमबार कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० प्रतिशत बृद्धि भएको छ।

प्रकाशित: Jan 06, 2021| 00:51 बुधबार, पुस २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।