आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य चौकी सार्ने निर्णयविरुद्ध अदालतमा मुद्दा  

स्वास्थ्य चौकी सार्ने निर्णयविरुद्ध अदालतमा मुद्दा  

स्याङ्जामा स्वास्थ्य चौकी सार्न लागेको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

पोखरा– स्याङ्जामा स्वास्थ्य चौकी सार्न लागेको विषयलाई लिएर विवाद उत्पन्न भएको छ। 

साविक जगत्रदेवी गाविस वडा नं. ४ (हाल गल्याङ नगरपालिका वडा नं.२ बलाम, पिपलभञ्ज्याङ) मा रहेको स्वास्थ्य चौकी वडा नं. २ बलाम गुठीमा सार्ने निर्णयपछि विवाद उत्पन्न भएको हो।

सोको विरुद्ध गल्याङ २ निवासी बालप्रसाद श्रेष्ठले गल्याङ नगरपालिका कार्यालयसमेतलाई विपक्षी बनाई उच्च अदालत पोखरामा उत्प्रेषण परमादेश लगायत अन्य उपयुक्त आदेश जारी गरी पाउँ भनी मंगलबार रिट दायर गरेका छन्। 

२०५२ सालमा जगत्रदेवी स्वास्थ्य चौकी स्थापना भई हालसम्म सोही ठाउँमा अनवरतरुपमा स्वास्थ्य चौकी सञ्चालन भइरहेकोमा २०७२ सालको विनाशकारी भूकम्पले भत्काएपछि पुनःनिर्माणका लागि दुई करोड विनियोजन भएकोमा सोहीअनुरुप काम हुन सकेको थिएन। पुरानै भवनबाट सेवा प्रवाह हुँदै आएको थियो।

स्वास्थ्य संस्था पुनःनिर्माणका लागि संघीय सरकारले आव २०७७।०७८ मा साढे ३ करोड रुपैयाँ विनियोजन गरेको र पुरानै स्थानमा नयाँ भवन बनाउनुपर्नेमा गल्याङ नगरपालिकाले सो ठाउँ उपयुक्त नभएको भन्दै अन्यत्र सार्न खोजेपछि विवाद उत्पन्न भएको हो।

हाल स्वास्थ्य चौकी रहेको ठाउँमा स्थानीयहरुले अस्पतालका लागि सात रोपनी आठ आना जग्गा दिने प्रतिबद्धता जनाइसकेका थिए। 

तर नगरपालिकाका प्रमुख र वडा अध्यक्षले अन्यत्र सार्नका लागि सूचना प्रकाशित गरिसकेपछि स्थानीयले पहिलेकै स्थानमा १० शैयाको स्वास्थ्य चौकी स्तरोन्नति गरिनुपर्ने भन्दै अदालतको ढोकासम्म पुगेका हुन्।

रिटमा गत पुस २ मा विपक्षीबाट स्वास्थ्य चौकी गल्याङ २ बाट बलाम गुठीमा सार्ने भन्ने विपक्षीको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी सार्वजनिक सरोकारको विषय सम्बोधन हुने गरी साविक स्थानमा नै स्वास्थ्य चौकी भवन निर्माण गर्न विपक्षीको नाउँमा परमादेशको आदेश जारी गर्न माग गरिएको छ।

यसबारेमा जिज्ञासा राख्दा नगरपालिकाका प्रमुख भूपराज अधिकारीले सो ठाउँ भिरालो भएकोले नजिकै सार्न खोजिएको दाबी गरे। 

उनले भने, ‘यो हल्लामा आएजस्तो कुरा होइन, सहमतिकै आधारमा अघि बढिइसकेको हो।’

स्थानीयले २०५२ सालमै स्वास्थ्य चौकी निर्माणका लागि ३ रोपनी जग्गा दान गरेका थिए। 

हाल सञ्चालित स्वास्थ्य चौकी गाउँको बीचभागमा पर्ने बालप्रसाद श्रेष्ठले बताए। 

उनले भने, 'विगतमा यहीँ ठाउँ सेन्टर भयो, अहिले कुरो मिलेपछि यो ठाउँ कुनो भयो?'

प्रकाशित: Jan 05, 2021| 14:03 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।