भैरहवा– नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीबाहेक अरु कसैले पनि संसद पुनर्स्थापना ठिक छ भन्न नसकेको बताएका छन्।
सो समूहको सिद्धार्थनगर कमिटीले भैरहवामा आयोजना गरेको नगरस्तरीय भेलामा सम्बोधन गर्दै भुसालले भने, ‘दुनियाँलाई थाहा छ, कामरेड आलीबाहेक कसैले पनि संसद् पुनर्स्थापना ठिक हो भन्न सक्दैन।’
भुसालले सचेत नागरिकको हैसियतले देशलाई स्थायित्व दिन पनि संसद् पुनर्स्थापना जरुरी रहेको बताए।
उनले राजनीतिक नियुक्तिले क्रान्ति नरोकिने स्पष्ट पारे। उनले भने, ‘पञ्चहरूले कति नियुक्ति गरे थाहै छ। केन्द्रीय सदस्य बाँड्दैमा क्रान्ति रोकिने भए सबैलाई केन्द्रीय सदस्य दिए भइहाल्यो नि।’
भेलामा नेकपा केन्द्रीय सदस्य हकिकुल्लाह खानले विचार र सिद्धान्त भुलेर गरिने राजनीति मूल्यहीन हुने बताए।
उनले भने, ‘यतिबेला देशले स्थिरता खोजेको छ। तर ओलीजी फेरि चुनाव भन्दै हुनुहुन्छ।’
नेकपा जिल्ला सचिव निर्मल जीसीले जनताको घरघरमा पुगेर संसद पुनर्स्थापनाका पक्षमा आवाज उठाउनुपर्ने बताए।
कार्यक्रम नेकपा नगर अध्यक्ष चोपलाल आचार्यको अध्यक्षता तथा सचिव जीवलाल अर्यालको सञ्चालनमा भएको थियो।