धनगढी– प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
कैलालीको गोदावरी नगरपालिका–२, अत्तरिया बसपार्कबाट सोही ठाउँका भुवन ऐर र रोहित बलायर र कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का नबिनजंग राणा पक्राउ परेका हुन्।
पक्राउ परेका सबै १९ वर्षका रहेको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लागूऔषध नाईट्राभेट १०४ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए।
उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।