आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल प्रधानमन्त्री र  नेपाल अध्यक्ष पदका लोभी : पोखरेल 

दाहाल प्रधानमन्त्री र  नेपाल अध्यक्ष पदका लोभी : पोखरेल 

उपप्रधानमन्त्री एवम् ओली समूहको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीविरुद्ध लाग्नेहरु आफैं समाप्त हुने बताएका छन्। 
 |  मंगलबार, पुस २१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २१, २०७७

जनकपुरधाम– उपप्रधानमन्त्री एवम् ओली समूहको नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीविरुद्ध लाग्नेहरु आफैं समाप्त हुने बताएका छन्। 

नेकपाले मंगलबार जनकपुरधाममा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले पदलोलुपताका कारण पार्टीभित्र भाँडभैलो मच्चाएको आरोप लगाए। 

उनले भने, ‘दाहाल–नेपाल समूहले हामीलाई दिएको धक्काबाट सिकेर अब नयाँ ढंगले निर्वाचनमा गई जनलहर सिर्जना गर्नेछौं।’ उनले पुष्पकमल दाहालमा प्रधानमन्त्री र माधव नेपालमा पार्टी अध्यक्षको लोभ रहेको बताए।

एकताको तीन वर्ष नबित्दै पार्टीलाई कमजोर बनाउन पार्टीभित्रबाटै खेल सुरु गरिएकाले कमजोर बनाउने तत्त्वलाई स्वीकार गर्न नसकिने बताए। 

पोखरेलले भने, ‘नेकपालाई म आफ्नो ज्यानभन्दा पनि बढी माया गर्छु। रगतमा पनि कम्युनिस्ट छ। धनुषावासीले आफ्नो रगतमा कम्युनिस्ट पार्टीको राजनीति नशा चढाएका छन्। त्यसैले कम्युनिस्ट माथिको आक्रमण कदापि सहन सक्दिनँ।’

पोखरेलले संसद् विघटनका बारेमा भने, ‘सरकारले कुनै निर्णय गर्न लागेका बेलामा पछाडिबाट धक्का हानेर दाहाल–नेपाल समूहले सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री ओलीले संसद् विघटन गर्नुभएको हो।’

प्रकाशित: Jan 05, 2021| 13:28 मंगलबार, पुस २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।